सांकेतिक तस्बिर

अपराध

बलात्कार आरोपमा दुईजना पक्राउ

By खबरहब

July 17, 2023

काठमाडौँ– झापा र दाङबाट बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-१ बस्ने ५९ वर्षीय नरेश रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ ।

रसाइलीले ती बालिकालाई बुबाआमा धान रोप्न खेतमा गएको अवस्थामा फकाई आफ्नै घरको कोठाभित्र लगी ललाइ फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यसैगरी १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका-८  सौडी  बस्ने २६ वर्षीय अनिल नेपालीलाई  प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले ती बालिकालाई गत बिहीबार राति रोल्पाबाट ललाइ फकाई ल्याई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।