फाइल फोटो

ब्रेकिङ स्टोरी

रास्वपा उपसभापति अर्याललाई धम्की दिने एक युवक पक्राउ

By खबरहब

July 17, 2023

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

असार २९ गते राति मेसेजमार्फत धम्की दिएको भन्ने बेहोराको उजुरी प्राप्त भएपछि त्यसको भोलिपल्ट असार २० एक व्यक्ति पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा खोटाङको मझुवागढी रूपाकोट नगरपालिका-९ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका ३८ वर्षीय विजय कालिकोटे रहेका छन्।

उनीविरूद्ध थप अनुसन्धान भइरहेको एसएसपी कार्कीले बताएका छन् ।