ब्रेकिङ स्टोरी

थाइल्याण्डमा परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच साइडलाइन भेटवार्ता

By खबरहब

July 17, 2023

काठमाडौँ- थाइल्याण्ड पुगेका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच साइडलाइन भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेकमा आबद्ध सदस्य राष्ट्रका विदेशमन्त्रीहरुबीचको बैठकका क्रममा थाइल्याण्ड पुगेका उनीहरुबीच साइडलाइन भेटवार्ता भएको हो ।

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै भेटबारे जानकारी दिएका हुन् । उनले आफूहरुबीच आ–आफ्नो नेतृत्वले तय गरेको एजेण्डा कार्यान्वयनमा सहकार्य गर्ने सहमति भएको बताएका छन् ।