अन्तर्राष्ट्रिय

पश्चिम अफ्रिकाको केपवर्डेमा डुंगा दुर्घटना, ६० जनाको मृत्यु

By खबरहब

August 17, 2023

एजेन्सी– पश्चिम अफ्रिकी देश केपवर्डेको समुद्री तटमा आप्रवासी चढेको डुंगा पल्टिँदा पानीमा डुबेर ६० जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार उक्त दुर्घटनामा बालबालिकासहित ३८ जनालाई जिवितै उद्धार गरिएको छ । १ सय जना बोकेको डुंगा केपवर्डे नजिक आन्द्र महासागरमा पल्टिएको थियो ।

दुर्घटनामा पर्नेहरु सेनेगल र सिएरालियोनका नागरिक भएको जनाइएको छ । अन्टार्टिका नजिकको समुद्री तटमा सोमबार डुंगा दुर्घटना भएको अनुमान गरिएको छ ।

स्पेनिसहरुको माछा मार्ने टोलीले दुर्घटना भएको थाहा पाएपछि उद्धार तथा खोजी सुुरु गरिएको थियो । उक्त समुद्री मार्ग हुँदै युरोप जाने क्रममा गत वर्ष मात्रै ५ सय ६० जनाको मृत्यु भएको थियो ।