आर्थिक

सुनको भाउ ८०० रुपैयाँले घट्यो 

By खबरहब

August 17, 2023

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । 

हिजो पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो । हिजो छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।