सांकेतिक तस्बिर

देश/प्रदेश

सप्तरीमा लागूऔषधसहित एक जना पक्राउ

By खबरहब

August 17, 2023

सप्तरी- सप्तरीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको कञ्चनरूप नगरपालिका १ बैरवाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम ३५ मिलिग्रामसहित तिरहुत गाउँपालिका १ बस्ने २२ वर्षीय राधेश्याम साहलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले प्र २०१००१ प ३२६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।