सांकेतिक तस्बिर

देश/प्रदेश

रुकुम पश्चिममा पुरुषको शव फेला

By खबरहब

August 17, 2023

काठमाडौँ- रुकुम पश्चिममा एक पुरुषको शव फेला परेको छ । आठबीसकोट नगरपालिका–६ मा ४७ वर्षीय आसे बोहरा मृत फेला परेका हुन् । झोडेनी भन्ने स्थानमा बिहीबार बिहान उनी मृत फेला परेका हुन् ।

९ दिनदेखि बेपत्ता बोहराको शव गलेको अवस्थामा गोतामकोट प्रहरी चौकीबाट खटिएको टोलीले फेला पारेको हो । छातीमाा लागेको जस्तो देखिएकाले उनको गोली प्रहारबाट मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

सिकार गर्न जाने क्रममा आफ्नै बन्दुकको गोली लागेर वा अन्य कसैले प्रहार गरेको गोलीबाट मृत्यु भएको हो भन्नेबारेमाम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शवसँँगै भरुवा बन्दुक पनि भेटिएकोे छ ।