फाइल तस्वीर

देश/प्रदेश

६१ केजी सुन तस्करी प्रकरणमा आज जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

By खबरहब

September 17, 2023

काठमाडौँ– करिव ६१ केजी सुन तस्करी प्रकरणमा संलग्नविरुद्ध काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्ने भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत काठमाडौँ मुद्दा दर्ता गर्न लागेको हो ।

सीआईबीले सुन तस्करी प्रकरणमा सीआईबीले ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको थियो । जसमध्ये १८ जना फरार सूचीमा रहेका छन् ।

सीआईबीले पछिल्लो ११ महिनामा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३ सय ६३ केजी सुन तस्करी गरी नेपाल ल्याइएको प्रतिवेदन बुझाएको छ ।

तस्करविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैक ऐन, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार कारबाही चलाउनुपर्ने सीआईबीको सुझाव छ ।