आर्थिक

युनिक नेपाल लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

By खबरहब

September 17, 2023

काठमाडौँ– युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश (कर प्रयोजनसहित) २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।