सांकेतिक तस्बिर

देश/प्रदेश

मोरङमा जलेर महिलाको मृत्यु

By खबरहब

September 17, 2023

विराटनगर- मोरङमा एक महिलाको जलेर मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४, मोतिपुरमा आगोले जलेर ४५ वर्षीया भेडियनदेवी माझी रहेकी छन् ।

शनिबार आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा उनी खाना पकाउने क्रममा जलेत घाइते भएको प्रहरीले जनाएको छ ।

उनको उपचारका लागि न्युरो अस्पताल विराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।