फाइल तस्वीर

राजनीति

सार्वजनिक लेखा समितिले बेरुजुबारे अध्ययन गर्ने

By खबरहब

September 17, 2023

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखाको प्रतिवेदनमा उल्लेख बेरुजुबारे अध्ययन गर्ने भएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले महालेखाको ४४ देखि ६० औं प्रतिवेदनसम्म अध्ययन हुन नसकेको भन्दै बिभिन्न उपसमिति बनाएर अध्ययन गर्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

२१ वटा मन्त्रालय र २० वटा संवैधनिक आयोगको बेरुजु अध्ययन गर्न समितिले बिभिन्न ९ वटा क्लस्टर छुट्टाएर उपसमिति बनाएको छ । बेरुजु सम्परीक्षण उपसमितिले गम्भीर प्रकृति, सामान्य प्रकृति लगाएतका बेरुजु छुट्टाएर थप अध्ययन गर्ने सभापति पोखरेलले बताए ।

हरेक वर्ष बेरुजु बढ्दै गएको अवस्थामा यसको कारणका बारेमा पनि अध्ययन गरिने समितिले जनाएको छ ।