राजनीति

नेम्वाङ निवास पुगेर राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले दिए श्रद्धाञ्जली

By खबरहब

September 17, 2023

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेका छन् ।

आज बालुवाटारस्थित नेम्वाङ निवासमा पुगी उनले स्व. नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको उनका प्रेस सल्लाहकार दुर्गा शर्माको भनाइ छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पनि आजै नेम्वाङ निवास पुगी परिवारजनमा समवेदना व्यक्त गरेका छन् । गत सोमबार हृदयघात भइ नेम्वाङको निधन भएको थियो ।