मनोरञ्जन

‘मनाऔँ तीज रियलमीसँग’ टिकटक च्यालेन्ज, विजेताले आकर्षक पुरस्कार पाउने

By खबरहब

September 17, 2023

काठमाडौँ- टेक्नोलोजी ब्रान्ड रियलमीले नेपाली नारीहरूको महान् चाड हरितालिका तीजको अवसर पारेर ‘मनाऔँ तीज रियलमीसँग’ टिकटक च्यालेन्ज ल्याएको छ ।

यस च्यालेन्जमा सहभागी हुनको लागि नेपालमा नै बसोबास गरिरहेका नेपाली नागरिकहरूले कुनै पनि तीजको गीतमा नाचेर भिडियो खिच्नुपर्ने हुन्छ । उक्त भिडियोमा ह्यास्ट्याग #ManauTeejrealmeSanga र #DareToLeap प्रयोग गरेर @realmenepal लाई ट्याग गरेर टिकटक च्यालेन्जमा सहभागी हुन सकिनेछ ।

भाद्र २२ गते सुरु भएको यो प्रतियोगितामा साेमबार हरितालिका तिजको राती अर्थात् असोज १ गते राती १२ बजेसम्म सहभागी हुन सकिने छ । र सबैभन्दा बढी लाइक प्राप्त गर्ने ५ भिडियोलाई विजेता घोषणा गरिनेछ ।

विजेताहरूलाई रियलमीद्वारा आकर्षक पुरस्कारको साथै आफ्नो परिवारको एक जना सदस्यसँग रात्रीभोज (डिनर) जाने मौका पनि प्रदान गरिनेछ ।

रियलमी नेपालले समस्त नेपाली नारीहरुलाई हरितालिका तीजको शुभकामना पनि व्यक्त गरेको छ ।