सांकेतिक तस्बिर

देश/प्रदेश

कैलालीमा साइकलबाट लडेर एक जनाको मृत्यु

By खबरहब

September 17, 2023

कैलाली- कैलालीमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय नरेन्द्र थापाको साइकलबाट लडेर नालामा खस्दा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही नगरपालिका–४ गिदिनियामा साइकलबाट लडेर गम्भीर घाइते भएका उनको भल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।