ब्रेकिङ स्टोरी

सरकारले सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जनालाई राजस्वबाट भगायो : अध्यक्ष ओली

By खबरहब

September 17, 2023

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जनालाई सरकारले जानीजानी राजस्वबाट भगाएको आरोप लगाएका छन् ।

आइतबार च्यासलमा एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा ओलीले सुन तस्करलाई भाग्ने मौका दिएकै कारण गोदाममा छापा मार्दा कोही पनि फेला पर्न नसकेको तर्क गरे । भन्सारबाट पटक पटक सुन तस्करी भएको र सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको उनको आरोप छ ।

अध्यक्ष ओलीले भन्सारबाट बरामद भएको १०० किलो सुन ६१ किलो र त्यसपछि ६० किलोमा झारेको आरोप लगाए । ओलीले मुलुकमा सुशासन कायम हुन नसक्दा कालोबजारी, कृत्रिम मूल्यवृद्धि भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने धारणा राखे ।