देश/प्रदेश

तीजको सुरक्षा व्यवस्थापनका लागि पशुपतिनाथ मन्दिर परिसरमा प्रहरीको कमाण्ड पोष्‍ट स्थापना

By खबरहब

September 17, 2023

काठमाडौँ- हरितालिका तीजको सुरक्षा व्यवस्थापनका लागि पशुपतिनाथ मन्दिर परिसरमा नेपाल प्रहरीको कमाण्ड पोष्‍ट स्थापना गरिएको छ । प्रहरी वरिष्‍ठ उपरीक्षक हिमालय कुमार श्रेष्‍ठको नेतृत्वमा आइतबारदेखि तीज पर्व सम्पन्न नभएसम्मका लागि कमाण्ड पोष्टको स्थापना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सीसीटीभी, वाकथ्रु गेट, ड्रोनबाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन लगायतका माध्यमद्वारा तीजपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने जनाएको छ ।

यसका लागि हरेक सिफ्टमा १ हजार ४ सय ८३ जना प्रहरी खटिनेछन् । जम्मा खटिने प्रहरी जनशक्ति २९६६ हुनेछ । यसमा महिला प्रहरीको सङ्ख्या ६३० हुनेछ ।