खेलकुद

विश्वकप फुटबल एसियाली छनोट : नेपाल यूएईसँग पराजित

By खबरहब

November 17, 2023

काठमाडौं – विश्वकप फुटबल एसियाली छनोटमा नेपाल यूएईसँग ४-० ले पराजित भएको छ। बिहीबार राति यूएईको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा चार गोल खाएको नेपालले दोस्रो हाफमा सम्हालिएर प्रदर्शन गरेको थियो ।

यूएईका लागि अलि अहमद मबखोटले दुई तथा खालिफा मुबारक अल्हाम्माडी र फाबियो भर्जिनियो लिमाले एक /एक गोल गरे ।

खेलको १० औं मिनेटमा खालिफाले यूएईलाई सुरुवाती अग्रता दिलाएका थिए । यूएईले पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै अलि अहमदले खेलको ३६ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए ।

खेलको ४४ औं मिनेटमा हेड मार्फत् अल अहमदले गोल गर्दै यूएईलाई ३–० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा फाबियो लिमाले थप अर्को गोल गर्दै यूएईलाई ४–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा कमजोर देखिएको नेपालले दोस्रो हाफमा गल्ती सुधार गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । खेलको ८१ औं मिनेटमा नेपालका मनिष डाँगीको प्रहार यूएईका गोल रक्षकले मुस्किलले बचाएका थिए ।