राजनीति

प्रधानमन्त्री प्रचण्डले ‘ग्लोबल साउथ समिट’ लाई सम्बोधन गर्ने

By खबरहब

November 17, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने भएका छन् भएको।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको सो सम्मेलनलाई उनले ‘भर्चुअल’ रूपमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ ।

उक्त सम्मेलनको मुख्य विषय ‘विश्वव्यापी दक्षिण : भविष्यका लागि सहकार्य’ रहेको छ ।