काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।
गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
सिटीको जितमा ज्याक ग्रेलीस, रिको लेविस र प्यालेसका लागि जेन फिलिप मेटा, माइकल ओलिसले एक–एक गोल गरेका थिए ।
सिटीले क्रिस्टल प्यालेससँगको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु पर्याे । सिटीले खेलको २४औँ र ५४औँ मिनेटमा गोल गरी अग्रता बनाएको थियो ।
तर खेलको अन्त्यतिर क्रिस्टल प्यालेस बराबरी गर्न सफल भयो । उसले खेलको ७६औँ र इन्जुरी समयमा गोल गर्यो ।
यो बराबरीसँगै सिटी १७ खेलबाट ३४ अङ्कसहित चौथो स्थानमा यथावत रहेको छ । १७ अंक भएको क्रिस्टल प्योले १५औँ स्थानमा छ ।