प्रतीकात्मक तस्वीर ।

अपराध

पर्सामा १२ लाख बराबरको धनमाल चोरी

By खबरहब

December 17, 2023

काठमाडौं– पर्साकाे वीरगंज महानगरपालिका-३ स्थित डेरा गरी बस्ने सोही महानगरपालिका-६ घर भएका साकेत अंसारीकाे काेठाबाट १२ लाख बराबरको धनमाल चोरी भएको छ ।

अंसारीकाे कोठाबाट नगद ८ लाख रुपैयाँ, करिब ४ लाख रुपैयाँ बराबरको सुन र चाँदीका विभिन्न गरगहना गरी करिब १२ लाख रुपैयाँ बराबरको धनमाल शनिबार राति चोरी भएको  प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।