खेलकुद

पहिलो टेष्ट क्रिकेटमा पाकिस्तानमाथि अष्ट्रेलिया ३ सय ६० रनले विजयी

By खबरहब

December 17, 2023

काठमाडौं – पाकिस्तानसँगको पहिलो टेष्ट क्रिकेटमा अष्ट्रेलिया ३ सय ६० रनले विजयी भएको छ ।

अष्ट्रेलियाले दिएको ४ सय ५० रन लक्ष्य पछ्याएको पाकिस्तान आज चौथो दिनमा ८९ रन बनाउँदा अलआउट भयो ।

उसका लागि साउद सकिलले सर्वाधिक २४ रन बनाए । पाकिस्तानका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अष्ट्रेलियाका मिचेल स्टार्क र जस हजलउडले ३/३ तथा नाथन लायनले दुई विकेट लिए ।

पहिलो पारीमा अष्ट्र्रेलियाले ४ सय ८७ रन बनाउँदा पाकिस्तानले २ सय ७१ रन मात्रै बनाएको थियो ।

दोस्रो पारीमा अष्ट्रेलियाले २ सय ३३ रन बनाउँदा पारी समाप्तीको घोषणा गरेपछि पाकिस्तानले ४ सय ५० रनको लक्ष्य पाएको हो ।

पाकिस्तान र अष्ट्रेलियाबीच तीन खेलको टेष्ट सिरिज भएको हो ।