अपराध

कारागारमा रहेका थुनुवालाई छुटाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जना पक्राउ 

By खबरहब

December 17, 2023

काठमाडौं– कारागारमा रहेको थुनुवालाई छुटाइदिन्छु भनी ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु घर भई हाल जिल्ला काठमाडौंकाे बौद्ध बस्ने दावा दोर्जे लामा रहेका छन् ।

लामाले जबरजस्ती करणी मुद्दामा पुर्पक्षको लागी कारागार कार्यालय जगन्नाथ देवलमा रहेको कैदीलाई छुटाइदिन्छु, वकिल र अदालतलाई मिलाउनको लागि खर्च पाँच लाख रुपैयाँ खर्च लाग्छ भनी ठगी गरी फरार रहेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बौद्धबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।