खेलकुद

पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका भारतसँग ८ विकेटले पराजित

By खबरहब

December 17, 2023

काठमाडौं – पहिलो एकदिवसीय क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ ।

दक्षिण अफ्रिकाको जोहानेशवर्गमा घरेलु टोलीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य भारतले १६.४ ओभरमा २ विकेट गुमाएर भेटायो ।

भारतका लागि साई सुदर्शन ५५ रनमा नटआउट रहे । यस्तै, श्रेयस ऐअरले ५२ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका २७ ओभर ३ बलमा १ सय १६ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका एन्डिले फेहलुकवायोले सर्वाधिक ३३ रन बनाए ।

बलिङतर्फ भारतका अर्शदीप सिंहले ५ र आवेश खानले ४ विकेट लिए ।

आजको जितसँगै तीन खेलको शृङ्खलामा भारतले १-० को अग्रता बनाएको छ । यसअघि भएको तीन खेलकै टी-२० शृङ्खला बराबरीमा सकिएको थियो ।

भारत र दक्षिण अफ्रिकाबीच दुई खेलको टेष्ट शृङ्खला पनि हुनेछ ।