देश/प्रदेश

माल्टा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

December 17, 2023

काठमाडौं- माल्टा पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का २६ वर्षीय पोसाक सुनुवार रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार उनलाई काठमाडौंको म्हैपीबाट पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारीका निम्ति माल्टा पठाइदिने र त्यसबापत प्रतिव्यक्ति नौ लाख ५० हजार रुपैयाँ लाग्ने बताएका थिए । मासिक एक लाख रुपैयाँ तलब हुने भन्दै प्रलोभनमा पारी ३ लाख ३० हजार रुपैयाँ ठगी गरेको खुलेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनुवारलाई थप अनुसन्धान र कारबाहीका निम्ति वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।