समाचार

बारामा गाँजाखेती नष्ट

By खबरहब

December 17, 2023

बारा – बारा प्रहरीले एक बिगाह १३ कट्ठा जग्गामा अवैध रुपमा गरिएको गाँजाखेती नष्ट गरेको छ ।

नेपाल सरकारद्वारा प्रतिबन्धित गाँजाखेती प्रहरीले आज जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले उक्त क्षेत्रफलमा गरिएको गाँजाखेती नष्ट गरेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

गाँजाखेतीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो ।

निजगढ नगरपालिका–११ रतनपुरस्थित २ कट्ठा, सोही वडाको बिचटोलको एक कट्ठा र वडा नं १३ डम्मरपुरको एक बिगाह १० कट्ठामा गरिएको गाँजाखेती पनि नष्ट गरिएको छ ।