बलिउड/हलिउड

८ सय करोड क्लब नजिक पुग्यो एनिमल

By खबरहब

December 17, 2023

नयाँ दिल्ली– फिल्म एनिमलले रिलिजको १५ औँ दिन विश्वभर बक्स अफिसमा १३ करोड १५ लाख रुपैयाँ कमाएको छ । फिल्मको कुल कमाई ७९७ करोड पुगेको छ ।

चलचित्र अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ । शुक्रबार भारतमा ८ करोड २ लाख रुपैयाँ कमाएको छ । योसँगै यसको देशभरबाट कुल आम्दानी ४८४.८६ करोड पुगेको छ ।

फिल्मले भारतीय बक्स अफिसमा पहिलो हप्तामा ३३७.५८ करोड कमाएको थियो । यसपछि दोस्रो हप्तामा १३८.२६ करोड रुपैयाँ संकलन गर्‍यो ।

घरेलु बक्स अफिस रेकर्डको कुरा गर्ने हो भने एनिमल हाल ४८४.८६ करोड भारुको साथ चौथो स्थानमा छ। सूचीको तेस्रो स्थानमा सन्नी देओलको ‘गदर–२’ छ जसले ५२५।४५ करोड कमाएको छ । गदर–२ को कीर्तिमान तोड्न घरेलु बीओमा ४० करोड ५८ लाख रुपैयाँ बढी आम्दानी गर्नुपर्नेछ ।

उता विक्की कौशलको फिल्म ‘साम बहादुर’ ले १५ दिनमा भारतमा ६६ करोड ८५ लाखको कलेक्सन गरेको छ । तेस्रो शुक्रबार फिल्मले २ करोड २५ लाख कमायो ।

सामले आफ्नो पहिलो सप्ताहन्तमा ३८.८ करोड र दोस्रो सप्ताहन्तमा २५.८ करोड कमाएको छ । यो फिल्मले अहिलेसम्म विश्वभर ८३.५ करोड कमाइसकेको छ ।