फाइल फोटो

राजनीति

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

By खबरहब

January 18, 2023

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् ।

बिहान ११ बजे सुरु हुने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्नेछन् ।

२७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवले दुई दिनपछि शपथ लिएका थिए ।