राजनीति

कर्णालीका उपसभामुख न्यौपानेद्वारा शपथ 

By खबरहब

January 18, 2023

कर्णाली– कर्णाली प्रदेशका नवनिर्वाचित उपसभामुख यशोदा न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १० बमोजिम नवनिर्वाचित उपसभामुख न्यौपानेलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको पाँचौँ बैठकले उपसभामुख न्यौपानेलाई बहुमतले निर्वाचित गरेको थियो । सत्तारूढ दलका साझा उम्मेदवारका रूपमा उपसभामुखमा निर्वाचित न्यौपाने नेकपा (माओवादी केन्द्र) कालीकोटबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।