फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पूर्वाधारका परियोजना थपिएसँगै भारतको जम्मु कश्मीरमा सडक सञ्जाल विस्तार हुने

By खबरहब

January 18, 2023

काठमाडौँ– भारतको जम्मु कश्मीरमा सडक सञ्जाल थप विस्तार हुने भएको छ । हालै भारतीय रक्षामन्त्री राजनाथ सिंहले जम्मु कश्मीर र लद्दाख क्षेत्रमा सडक सञ्जाल विस्तार गर्नका लागि परियोजनाको घोषणा गरेका छन् ।

उनले जम्मु कश्मीरको रामबनमा पुल र राजधानी श्रीनगरलाई सोनामार्ग र गुम्रीसँग जोड्ने दुई लेनको सडक परियोजनाको घोषणा गरेका हुन् ।

२४० फिट लम्बाईको उक्त पुलले रामबन जिल्लालाई गुलसँग जोड्ने भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ । त्यसैगरी श्रीनगर-सोनामार्ग-गुम्री सडकले श्रीनगरलाई कारगिल र लेहसँग जोड्ने बताइएको छ ।