प्रतिकात्मक तस्वीर

खेलकुद

रामेछापमा प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

By खबरहब

January 18, 2023

काठमाडौँ- नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशको आयोजनामा प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि रामेछापको मन्थलीमा सुरु भएको छ । खेलको उद्घाटन नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले गरेका थिए । माघ ७ गतेसम्म सञ्चालन हुने उक्त खेलमा बागमती प्रदेशअन्तर्गत जिल्लाका १३ टिमको सहभागिता रहेको छ ।

रामेछाप र काठमाडौँबीच भएको उद्घाटन खेल रामेछापले २५–०५,२५–१३ को सोझो सेटमा जित्यो । त्यसपछि सिन्धुली र नुवाकोटबीच भएको खेलमा सिन्धुलीले नुवाकोटलाई २५–२२,२५–१७ को सोझो सेटले पराजित गर्यो । त्यसैगरी सिन्धुपाल्चोक र रसुवाबीच भएको खेलमा सिन्धुपाल्चोकले रसुवालाई २५–१२,२५–१५ को सोझो सेटले पराजित गर्यो ।

प्रतियोगिताको विजेता टोलीमध्ये प्रथम हुनेले पुरस्कारस्वरुप रु दुई लाख, द्वितीय हुनेलाई रु एक लाख र तृतीय हुनेलाई रु ५० हजार नगदसहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी रु ३० हजार शिल्ड मेडल र प्रमाणपत्रसहित सान्त्वना पुरस्कार दिइनेछ ।

प्रत्येक सहभागी समूहलाई सहभागी भएबापत प्रतिसमूह २५ हजार र सेमी फाइनलमा पुगेका समूलाई थप रु २५ हजार आयोजकले दिने योजना रहेको नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशका अध्यक्ष सीताराम कार्कीले बताए । उनका अनुसार कूल रु ३६ लाख ४१ हजार लागत लाग्ने अनुमान गरिएको उक्त प्रतियोगिता ३० हजार मानिसले अवलोकन गर्ने विश्वास गरिएको छ ।