तस्वीर : रासस

समाचार

पशुपतिनाथमा विशेष पूजा गर्ने शुल्क १५ हजारसम्म निर्धारण

By खबरहब

February 18, 2023

काठमाडौँ – पशुपतिनाथको विशेष पूजा गर्ने रकममा बढोत्तरी गरिएको छ ।

पशुपति बिकास क्षेत्र कोष, सञ्चालक परिषद्, देउद्यान गौशालाले आज जारी सुचनाअनुसार परम्परागत पूजा र विशेष पुजाको शुल्क बढोत्तरी गरिएको हो ।

गत असार ८ गते बसेको सञ्चालक परिषद्को बैठकको निर्णयअनुसार शुल्क परिमार्जन गरी बढोत्तरी गरिएको कोषले जनाएको छ । ‘भगवान श्री पशुपतिनाथ मन्दिरमा दर्शनार्थ पाल्नु हुने भक्तजनहरुवाट परम्परागत रुपमा नै गरिने रु ५,१००/- र रु ११,०००/- को विशेष पूजा बापत कोषको खातामा जम्मा हुने निर्धारण गरिएकोमा मिति २०७९ असार ८ गते को सञ्चालक परिषद्को बैठकको निर्णयले उक्त पूजा रकमलाई क्रमशः ७५००/- र १५,१००/- हुने गरी परिमार्जन गरिएको छ’ आज जारी सार्वजनिक सूचनामा भनिएको छ ।

विशेष प्रकृतिको पूजाका लागि शुल्क लिँदा व्यवस्थापनमा सहज हुनुको साथै पावन पाशुपत क्षेत्र विकासका लागि आवश्यक रकम प्रबन्ध गर्नसमेत यसले सघाऊ पुग्ने कोषले विश्वास लिएको छ ।