राजनीति

महोत्तरी, पर्सा र रौतहटमा तोकियो एमालेको अधिवेशन मिति

By खबरहब

February 18, 2023

जनकपुर – नेकपा एमालेले महोत्तरी, पर्सा र रौतहट गरी ३ जिल्ला कमिटी विघटन गरेको छ।

जनकपुरधाममा बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले ३ जिल्ला कमिटी विघटनको निर्णय गरेको हो। एमालेका अनुसार  विघटित  जिल्लाहरूको अधिवेशन तोकिएको छ।

साथै, सो बैठकले वैशाख १४ र १५ गते महोत्तरी, वैशाख १७ र १८ गते पर्सा र वैशाख २० र २१ गते रौतहटमा जिल्ला अधिवेशन गर्ने निर्णयसमेत गरेको छ।

उनका अनुसार अधिवेशनको बेला विवाद भएका कारण महोत्तरी, पर्सा र रौतहट जिल्ला कार्य समिति विघटन गरिएको हो। जिल्ला अधिवेशन पछि नयाँ नेतृत्व आउनेछ।

सो बैठकमा प्रदेश अध्यक्ष राम औतार यादव, मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ, सह इन्चार्ज पुरुषोत्तम पौडेल, नेताहरू सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ, कृषिमन्त्री ज्वाला साह, सांसद अच्युत मैनाली मधेस प्रदेशमा कार्यरत शीर्ष नेतृत्वको उपस्थिति थियो।