सांकेतिक तस्बिर

देश/प्रदेश

आगलागीबाट पाँच लाखभन्दा बढीको क्षति

By खबरहब

February 18, 2023

कटारी– उदयपुरको कटारी बजारको मुख्य भागमा रहेको होटलमा भएको आगलागी नियन्त्रणमा आएको छ । जिल्लाको कटारी-३ स्थित बजारकै मुख्य भाग भूगोलपार्क नजिकै रहेको आज बिहान हिमगङ्गा होटलमा भएको आगलागी नियन्त्रणमा आएको हो ।

कमल साहले सञ्चालन गरेको होटलमा भएको आगलागीबाट पाँच लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष पुष्कर खड्काले बताए। ‘होटलको काउन्टरबाट सुरु भएको आगलागीका कारण फ्रिज लगायतका सामग्री जलेका छन्’, उनले भने।

कटारी नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए। ‘तत्काल नियन्त्रणमा ल्याउन सकेकाले ठूलो क्षति हुनबाट जोगियो’, कार्कीले भने ।