समाचार

नलगाडमा फागुन १० मा शैक्षिक बहस हुने

By खबरहब

February 18, 2023

सुर्खेत– जाजरकोट नलगाड नगरपालिकाको शैक्षिक क्षेत्रको विकासको लागि सरोकारवाला निकायको बीचमा फागुन १० गते बहस गर्न लागिएको छ ।

 प्रदेशसभा सदस्य , छिमेकी पालिकाका माध्यमिक तहका विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष , प्रधानाध्यापक, शिक्षा शाखाका प्रमुखलाई एकै ठाउँमा राखेर बहस तथा अन्तरक्रिया गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव मानबहादुर गिरीले जानकारी दिए । 

त्यस्तै उक्त कार्यक्रममा जनज्योति माध्यमिक विद्यालय बड्डीचौर सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देलको सहभागिता रहने बताएको छ । उन पढ्दै कमाउदै कार्यक्रमका योजनाकार समेत हुन् । 

नगरपालिका भित्रका सबै विद्यालयको अनुगमन तथा निरीक्षण पछि शैक्षिक क्रियाकलाप सुधार गर्ने विद्यालयलाई अंक र सहयोग गर्ने कार्यविधि समेत बनाएको नगरपालिकाले अब शैक्षिक बहस मार्फत यहाँको समस्या समाधान गर्न प्रयास थालेको छ ।