फाइल तस्वीर

समाचार

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाइ

By खबरहब

February 18, 2023

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा लगातार तेस्रो जित निकाल्न सफल नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । शनिबार साँझ सामाजिक सञ्जालमार्फत प्रचण्डले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली टाेलीकाे प्रशंसा गरेका हुन् ।

प्रचण्डले ट्वीटरमा भनेका छन्, ‘काठमाडौँमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टु’अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा उत्कृष्ट प्रदर्शनबाट लगातार तेस्रो जित निकाल्न सफल भएकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै उत्कृष्ट खेलाडीहरूलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गरिने विश्वास दिलाउँछु।’