फाइल तस्वीर

देश/प्रदेश

पूर्वराजा शाहको चेतावनी- ‘अब म मौन बस्न सक्दैन’

By खबरहब

February 18, 2023

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूलाई राजसंस्थासँग सहकार्य गर्न प्रस्ताव गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले देश अधोगतिमा जान लागेको भन्दै सहकार्य गर्न प्रस्ताव गरेको हुन् ।

शाहले जारी गरेका विज्ञप्तीमा भनिएको छ, ‘देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्नुहुँदैन । ’

जनताले चाहेको निर्णय स्वीकार गर्ने परम्परा र संस्कार आफ्नो वंशमा रहेको शाहले उल्लेख गरेका छन् । अहिले देशको दीर्घकालीन शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । उनले अब आफू अब मौन रहन नसक्ने बताएका छन् ।