खेलकुद

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र भारतको बराबरी

By खबरहब

February 18, 2023

काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भारतसँग नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बराबरी खेलेको छ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेल गोलरहित बराबरीमा सकिएको छ ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । यस अघि पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २– २ गोलको बराबरी खेलेको थियो ।

बुधबार भएको खेलमा दुई गोलको अग्रता उल्टाएर नेपालले घरेलु टोलीसँग रोमान्चक बराबरी खेलेको हो । नेपालका लागि दुबै गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।