फाइल फोटो

समाचार

सुर्खेत उडेको बुद्ध एयरको विमान काठमाडौँ फर्काएर अवतरण

By खबरहब

March 18, 2023

काठमाडौँ – आज बिहान सुर्खेतका लागि उडेको बुद्ध एयरको विमान अवतरणमा समस्या देखिएपछि पुन: काठमाडौँ फर्काइएको छ ।

इन्डिकेटरले समस्या देखाएपछि १५ नटिकल माइल उडिसकेको विमान काठमाडौँ फर्काएर अवतरण गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्। विमानमा ६२ जना यात्रु सवार थिए ।

यो घटनापछि उक्त जहाज ग्राउन्डेड गरिएको छ । अब प्राधिकरणको प्राविधिक टोलीको जाँचपछि मात्र जहाज उड्न सक्ने छ ।