ब्रेकिङ स्टोरी

आजदेखि उर्जा सम्मेलन : नेपालबाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणमा छलफल हुने

By खबरहब

April 18, 2023

काठमाडौं– आजदेखी काठमाडौंमा ऊर्जा सम्मेलन हुदैँछ । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं उर्जा सम्मेलन हुन लागेको हो । सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’ ले आयोजना गरेको ऊर्जा सम्मेलनमा भारत, बंगलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदैछन् । सो सम्मेलनमा उर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झन्डै ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजक इपानले जनाएको छ ।

सो सम्मेलनमा विद्युत् उत्पादकहरू, विद्युतीय क्षेत्रका नयाँ लगानीकर्ता, सो क्षेत्रमा लगानी गर्दै आएका र लगानीमा उत्सुक वित्तीय संस्था तथा परामर्शदाता कम्पनीका प्रतिनिधिहरूले सो सम्मेलनमा सहभागिता जनाउने छन् । मुख्यतः नेपालबाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणका लागि सो सम्मेलन लाभदायक हुने आयोजकले दावी गरेका छन ।