फाइल फोटो

खेलकुद

नेपाललाई मलेसियाद्वारा २३६ रनको लक्ष्य 

By खबरहब

April 18, 2023

काठमाडौं– एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई २३६ रनको चुनौती दिएकाे छ ।  किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।

मलेसियाका लागि  कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगफल तयार पर्दा ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५.५ ओभरमा २२ रनको साझेदारी गरेका थिए । 

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३-३ विकेट लिँदा ललित राजवंशीले २ र गुल्सन झाले १ विकेट लिए । केहीबेरमै नेपालले जबाफी ब्याटिङ गर्दै छ ।