फाइल तस्वीर

राजनीति

मिटरब्याज पीडितमाथि प्रहरीले आक्रमण गरेको भन्दै राप्रपा भर्त्सना

By खबरहब

April 18, 2023

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले मिटरब्याज पीडितमाथि प्रहरीले आक्रमण गरेको भन्दै भर्त्सना गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सोमबार न्यायका लागि संघर्ष गरेका मिटरब्याज पीडितमाथि प्रहरीले आक्रमण गरेको भन्दै भर्त्सना गरेका हुन् ।

राज्य भएको अनुभूति गराउनुपर्ने सरकारले न्यायका लागि याचना गरेका पीडितमाथि नै आक्रमण हुनु दुखद् भएको भन्दै उनले मिटरब्याज पीडित र तराई क्षेत्रमा संघर्षमा उत्रिएका हरुवाचरुवाको न्यायका लागि आफू सडकमा उत्रिने चेतावनी दिए ।