देश/प्रदेश

नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति

By खबरहब

April 18, 2023

काठमाडौँ- नारायणी अस्पतालमा कार्यरत स्त्री तथा प्रसूती रोग विशेषज्ञ चिकित्सक डा. तरन्नुम अफरोजमाथि बिरामीका आफन्तले दुर्व्यवहार गरेको भन्दै नेपाल चिकित्सक संघले दोषीमाथि कारवाहीको माग गरेको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै शल्यक्रिया पश्चात ड्युटी मै रहेको अवस्थामा बिरामीको आफन्तहरुद्वारा चिकित्सकमाथि गालिगलौज तथा सांघातिक आक्रमण भएको भन्दै घटनाको निन्दा गरेको छ ।

संघले उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सकमाथि नै दुर्व्यवहार भएको घटनाको निन्दा भर्त्सना समेत गरेको छ ।