ब्रेकिङ स्टोरी

संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर 

By खबरहब

May 18, 2023

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुले प्रश्न गर्ने भएका छन् ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटों बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरुले सोधेको जवाफ दिने कार्यसूची रहेको छ ।

बिहान ११ बजे सुरु हुने बैठकमा प्रश्न गर्नका लागि सांसदहरुले नाम टिपाइसकेका छन् ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने उल्लेख गरिएको छ ।

हेर्नुस् कार्यसूची