ब्रेकिङ स्टोरी

२०४८ साल यताको सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति र भ्रष्टाचार घटनाको छानबिन गर्न तयार छु : प्रधानमन्त्री

By खबरहब

May 18, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०४८ सालयताका सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्न तयार रहेको बताएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले २०४८ सालयताका सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति र भ्रष्टाचार घटनाको छानबिन गर्न तयार रहेको बताए ।

यसका लागि राजनीतिक सहमति कायम गरेर अघि बढ्नुपर्ने बताउँदै उनले माओवादी लडाकुको नाममा भ्रष्टाचार भएको प्रमाणित भए आफू जेल जान तयार रहेको बताए । 

तत्कालीन अवस्थामै अडिट रिपोर्ट तयार भइसकेको र भ्रष्टाचार नभएको पुष्टि भइसक्दा अहिले राजनीतिक पूर्वाग्राही ढंगबाट माओवादी लडाकुको नाममा भ्रष्टाचार भएको आरोप लगाउने गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।