ब्रेकिङ स्टोरी

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय सर्वोच्चसँग सम्बन्धित : प्रधानमन्त्री

By खबरहब

May 18, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले टीकापुर घटनाको छानबिन गर्नका लागि सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वको प्रतिवेदन सार्वजनिक गर्ने विषय सर्वोच्च अदालतसँग सम्बन्धित रहेको बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गरेको प्रश्नको जवाफ दिने क्रममा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय सर्वोच्च अदालतको आदेशसँग सम्बन्धित रहेको बताए । 

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पक्षमा आफू रहेको पनि प्रधानमन्त्रीको भनाइ थियो ।