ब्रेकिङ स्टोरी

भारत भ्रमणमा देशको हितविपरीत कुनै कार्य हुँदैन : प्रधानमन्त्री

By खबरहब

May 18, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा विवाद अन्त्यका लागि कूटनीतिक पहल भइरहेको जानकारी गराएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा उनले आफ्नो आसन्न भारत भ्रमणमा पनि कुनै पनि देश हितविपरीतका कार्य नहुने विश्वास दिलाए । 

सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको भन्दै उनले आफ्नो एक इन्च पनि नछाड्ने र अरुको एक इन्च पनि भूमि नलिने नीतिअनुसार नै भारत भ्रमणमा छलफल हुने जानकारी दिए । 

प्रबुद्ध समूहको प्रतिवेदन बुझ्ने र बुझाउने विषयमा पनि भारत भ्रमणमा छलफल हुने उनले बताए ।