ब्रेकिङ स्टोरी

नक्कली शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा हस्तक्षेप हुँदैन : प्रधानमन्त्री

By खबरहब

May 18, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा आशंका नगर्न आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धानमा कतैबाट हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका हुन्। 

उनले शरणार्थी प्रकरणमा मात्रै नभएर विवादमा आएका अन्य ठूला-ठूला विषय, पुँजी बजारलगायतमा समेत निष्पक्ष, तथ्यमा आधारित अनुसन्धान गरी सरकारले यहीँबाट सुशासनको थालनी गर्ने बताए।