देश/प्रदेश

मैथिली साहित्य परिषद्को अध्यक्षमा झा निर्वाचित

By खबरहब

June 18, 2023

राजविराज– मैथिली साहित्य परिषद्को अध्यक्ष पदमा अवधेश झा निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न निर्वाचनमा परिषद्को उपाध्यक्षमा राजकुमारलाल दास, सचिवमा सञ्जीवनारायण यादव ,सहसचिवमा ललिता झा रकोषाध्यक्षमा शोभिता दास चयन भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सदस्यमा राजीवकुमार झा, पङ्कज झा, रमिला साह, गजेन्द्रकुुमार मण्डल, रविकुमार राय र अजितकुमार ठाकुर विजयी भएको निर्वाचन समितिका संयोजक श्यामसुन्दर झाले जानकारी दिए ।

निर्वाचनमा आठ सय १८ मतदातामध्ये चार सय ७८ जनाले मतदान गरेका थिए ।