आर्थिक

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो 

By खबरहब

June 18, 2023

काठमाडौँ– चालु साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोला दुई सय रुपैयाँले बढेको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।