देश/प्रदेश

गोरखाका विपन्न बालबालिकालाई विद्यालय पोशाक’ वितरण

By खबरहब

July 18, 2023

काठमाडौँ– समाजसेवी डा. विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गरेकी छन् ।

उनले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका १२१ र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई पोशाक सहयोग गरेकी हुन् ।

वडा कार्यालयको आग्रह र नेपाल दलित महिला उत्थान सङ्घ(९एड्वान)की अध्यक्ष बिन्दु थापा परियारको समन्वयमा उक्त सामग्री वितरण गरिएको हो ।

सो अवसरमा अध्यक्ष परियारले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालय पोशाक सहयोग गरिएको बताइन् । लखन –७ का वडाध्यक्ष शरण श्रेष्ठले सामुदायिक विद्यालयप्रति बालबालिकाको आकर्षण बढाउन सबैको प्रयत्न आवश्यक रहेको बताए ।